अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

 

पुस २६, काठमाडौं । अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालक लाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गर्दै आएका निश्चल भनिने गणेश ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  

प्रहरीले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै १ करोड ५० लाख रुपैया ठगी गरेको आरोपमा ढकाललाई पक्राउ गरेको बताएको छ । उनी पाल्पा रिब्दीकोट–२ का हुन् । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए। 

null

गेट्स कन्सल्टेन्सी मार्फत ३० जना भन्दा बढि विद्यार्थीलाई क्यानडा र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम असुल गरेको आरोप छ । उनले ती विद्यार्थीलाई लामो समयसम्म विदेश पठाइदिने भन्दै अल्झाउँदै आइरहेका थिए । ढकालले कतिपय विद्यार्थीलाई चेक दिएपनि चेक वाउन्स समेत भएको थियो । 

ती विद्यार्थी मध्ये भक्तपुर सुर्य विनायकका आभाष खनालले आफु ठगीएको भन्दै प्रहरीमा उजुरी दिएपछि महाशाखाको टोलीले ढकाललाई पक्राउ गरेको हो । उनले खनालबाट क्यानडा पठाइदिने भन्दै सात लाख रुपैंया लिएका थिए ।  

प्रहरीले केहि अन्य विद्यार्थी समेत सम्पर्कमा आएकोले अन्य धेरैलाई ठगी गरेको हुनसक्ने भएकोले अनुसन्धान भइरहेको बताएको छ । स्रोतका अनुसार अहिले ढकाललाई छुटाउन केहि कन्सल्टेन्सी सञ्चालक लागि परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *