गोंगबु ग्यास सिलिन्डर विस्फोट अपडेटः गम्भीर घाइते तामाङको मृत्यु

 

माघ २, काठमाडौं । गोंगबुको दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको छ । 

बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा नुवाकोट बेलकोटका काजी तामाङको मृत्यु भएको हो । 

null

दुर्घटनामा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ । 

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =