फिलिपिन्समा आँधी र पहिरोमा ज्यान गुमाउँनेकाे संख्या १  सय २६ पुग्याेः बेपत्ताकाे खेाजी कार्य जारी

पुस २२, मनिला ।  क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।  आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबार सम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् । 

फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झण्डै सय जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।  

क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधी निकै खराव खालको भएको बताइएको छ ।  

null

घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरुको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीकालागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रुपमा रहेको छ । यस आँधी र पहिरोका कारण झण्डै एक लाख ५२ हजारलाई अन्यत्र सारिएको हो । घटनामा परी अहिले सम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन सम्वन्धी निकायले जनाएको छ ।  

राष्ट्रपति रोड्रिगो डुटेर्टेले शुक्रबार घटनास्थलको निरिक्षण गर्नु भएको छ । उनले प्रभावितहरुलाई तत्काल उपयुक्त ठाँउमा बसोबासको व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिनु दिएका छन् । प्रभावितहरुलाई विभिन्न विद्यालयहरुमा अस्थायी शिविर बनाएर राखिएको छ ।  

आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक, पुल लगायतका भाैतिक संरचनाहरु पनि धाेस्त भएका छन् । फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई घरवारबिहिन हुने गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *