जोरपाटीबाट जुवा खेल्दै गरेका ९ जुवाडे पक्राउ

 

माघ १७, काठमाडौं । गएराती काठमाडौं जोरपाटीबाट ९ जना जुवाडे पक्राउ परेका छन् । बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको हो । 

वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौंमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत छन् । 

null

उनीहरूमाथि थप अनुसन्धानपछि कानुनबमोजिम मुद्दा चलाउने बताइएको छ । 

पछिल्लो समय जोरपाटी, बौद्ध, मुलपानी, नयाँबस्ती एरियामा जुवाजन्य खेलहरु खेलाइने गरिएको छ । कतिपय होटल रेष्टुरेन्टले खुलेआम जुवाजन्य खेल सञ्चालन गरिरहेपनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । 

कतिपय जुवाका अखडालाई बौद्ध प्रहरीले नै संरक्षण गरेको स्थानीयको भनाई छ । वृत्त प्रहरीले त्यस्ता अखडामा कमिसनमा कुरा नमिलेपछि मात्र छापा मार्ने गरेको उनीहरुको भनाई छ । 

गत असोजमा मुलपानीमै एक घरमा जुवा अखडामा प्रहरीले रेड हान्दा भाग्ने क्रममा दुई जुवाडेको तीन तले घरबाट हाम्फाल्दा मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *