आगलगी हुँदा ३२ लाख भन्दा बढीकाे क्षति

माघ ६, सर्लाही । घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । 

स्थानिय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमद सहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ । 

आगलगीबाट करीब रु १८ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर रु १० लाख बराबरको क्षति भएको छ । 

null

किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करीब रु तीन लाख बराबरको क्षति भएको छ । सलिम लहेरीको फुसको घर पूर्ण रुपमा जलेर दुई लाख ७५ हजार बराबरको क्षति भएको छ । 

त्यस्तै मन्जुर लहेरीको घरको छानो जली करीब एक लाख बराबरको क्षति भएको छ । जाजुल लहेरीको पाँच बाख्रा र घरमा आंशिक क्षति पुगेर करीब रु ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्णरूपमा जल्दा रु एक लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 

स्थानीयवासी, प्रहरी र मलङ्गवा नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको नगरपालिका प्रमुख अभय सिंहले जानकारी दिए । पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रमुख सिंहले बताए । 

त्यस्तै गरी  दाङको दुई घरगोठमा आगलागी हुँदा करीब रु १४ लाख बराबरको क्षति भएको छ । हिजो अपराह्न ४ बजेतिर दाङको बङ्गलाचुली गाउँपालिका–७ श्रीखर्क निवासी देवराज पुन र उनको छोरा गोपाल पुनको घरमा आगलागी हुँदा रु १३ लाख ७३ हजार भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

आगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र आधा तोला सुन गरी रु छ लाख ८० हजार तथा गोपाल पुनको घरगोठ, अन्नपात, लत्ताकपडा, भाडावर्तन, एक तोला सुन, सोलार, नगद रु २५ हजार गरी रु सात लाख ९३ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए । 

एक्कासि घरगोठमा लागलागी भए पनि सजगता अपनाएकाले कुनै पनि मानवीय क्षति भने भएको छैन । प्रहरी तथा स्थानीयवासीको सक्रियतामा हिजो साँझ ५ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =