डा. केसीले बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने

इलाम – बुधबारसम्ममा माग पूरा नभए १६ औँ सत्याग्रह बस्ने चेतावनी दिँदै डा. केसी दोस्रो पटक इलाम आइपुगेका छन्। 

डा. केसीको माग सरकारले सम्बोधन नगरे बुधबार दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने बताइएको छ । तर इलामको कुन स्थानमा सत्याग्रह बस्ने भन्नेबारेमा भने स्पष्ट भइनसकेको उनले बताए। 

गएको साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर त्यो विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा उहाँ दोस्रोपटक इलाम आइपुगेका हुन्।  

null

सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि  सम्झौता भएको थियो ।  

यस्तै सात वटै प्रदेशमा मेडिकल कलेज खोल्ने कार्य अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना खोल्नेलगायतका माग डा. केसीको रहेका छन्। 

गएको पुस १५ गते मंगलबार इलाम आइपुग्नु भएका डा. केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनसन स्थगित गरेका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *