नेपाल पत्रकार महासंघ सुनसरी र बराह ज्वेलरी भीड्दै

धरान,सुनसरी। सुनसरीको धरानमै बुढासुब्बा रेडबुल गोल्डकप प्रवद्र्धनका निम्ती गरिएको फुटबल प्रतियोगितामा आज नेपाल पत्रकार महासंघ सुनसरी र बराह ज्वलरी ईन्ष्ट्रीजका बीच खेल हुदैछ । 

एन्फा टेक्नीकल सेन्टरको खेलमैदानमा बिहान ८ बजे हुने खेलमा धरान पत्रकार महासंघ सुनसरीको टीम र बराह ज्वलरीबीच प्रतिष्पर्धा हुने आयोजक धरान फुटवल क्लबले जनाएको छ । 

यस अधि शनिबार भएको खेलमा बैँकर्श एसोसिएसनका र धरान फुटबल क्लबका बीच खेल भएको थियो भने खेलमा धरान फुटवल क्लब बिजय बनेको थियो । खेलमा म्यान अफ द म्याच धरान फुटवल क्लबका सागर घिमिरे घोषित भएका थिए भने उनले मेडल सहित ५ सय रुपैयाँ प्राप्त गरेका छन । 

null

खेलमा प्रथम हुने कर्परेट हाउसको टिम लाई ३० हजार रुपैयाँ र दोस्रो हुने टिम लाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । खेलमा उत्कृष्ट विधाका खेलाडीले पनि नगद रुपैयाँ पाउनेछन् । 

उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट स्कोर ल्याउनेले ३ हजार, उत्कृष्ट गोल किपरले २ हजार, उत्कृष्ट डिफेन्डरले २ हजार, उत्कृष्ट फोरवार्डले २ हजार र उत्कृष्ट मिडफिल्डरले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *