साउदीबाट भागेकी १८ वर्षीया किशोरीले भनिन्, ‘मेरा परिवारले मलाई मार्छन्’

 

पुस २३, काठमाडौँ । साउदी अरबमा बस्ने १८ वर्षकी एक किशोरीलाई बैंकक हवाई अड्डाबाट पक्राउ गरियो । ती किशोरी आफ्नो देश फर्कन चाहन्न थिइन् । 

रहाफ मोहम्मद एम अल्कुनून नामकी ती किशोरी ले यदि देश फर्किएमा आफ्नो हत्या हुन सक्ने बताएकी छिन् । रहाफ साउदी अरबका खान्दानी परिवारकी हुन् । उनको पिता ठूला व्यवसायी हुन् । 

null

जब रहाफलाई यस्तो कदम किन उठाएको भनेर सोधियो, तब उनले आफू नास्तिक भएको र परिवारको कठोर प्रतिबन्धबाट बच्नका लागि त्यहाँबाट भागेको प्रतिक्रिया दिइन् । रवाफले ट्वीट गर्दै लेखिन्, ‘म एक्लै, स्वतन्त्र र उनीहरुबाट टाढा रहन सक्छु, जो मेरो गरिमा र महिला हुनुको सम्मान गर्दैनन् । मेरो साथ परिवारले हिंस्रक व्यवहार गरे । मसँग यसको पर्याप्त प्रमाण छ ।’ 

 

रहाफले एक पटक मात्रै होइन कयौं पटक ट्वीट गरेकी छिन् । उनले अन्य ट्वीटमा मानिसहरुसँग सहयोग पनि मागेकी छिन् । सयुक्त राष्ट्रसँग पनि रहाफले आफूलाई शरण दिन तथा मद्दत गर्न आग्रह गरेकी छिन् । 

रहाफले आफ्नो परिवारले आफूलाई एकदमै खराब व्यवहार गर्ने गरेको आरोप पनि लगाइन् । ‘एक पटक मैंले आफ्नो कपाल काटेकी थिएँ, त्यसपछि मलाई ६ महिनासम्म घरभित्रै बन्द राखियो । मलाई यस्तो जिन्दगीबाट छुट्कारा चाहिएको छ’, उनले ट्वीटरमा लेखेकी छिन् । 

 

रहाफले साउदीबाट आफू कसरी बैंकक पुगेको भन्नेबारे पनि बताएकी छिन् । ‘ म कुवेतसम्म कारमा परिवासँग होलिडे मनाउन आएकी थिएँ । बिहान ४ बजिरहेको थियो र मेरो सबै परिवार सुतिरहेका थिए । मलाई लाग्यो कि मसँग यही अन्तिम मौका हो यस कैदबाट छुट्कारा पाउनका लागि । मैंले अष्ट्रेलियाको टिकट पनि लिएँ, किनकी त्यहाँ टूरिष्ट भिजा पाउन सजिलो थियो । मेरो लक्ष्य थियो कि अष्ट्रेलिया पुगेर म आफ्नो लागि शरण दिन आग्रह गर्छु ।’ 

किशोरीले आफू कुवेतको एयरलायन्स मार्फत् बैंकक पुगेको र त्यहाँ आफ्नो पासपोर्ट फिर्ता लिएको बताइन् । 

यति मात्रै होइन रहाफले यो पनि खुलासा गरिन् कि, उनले १६ वर्षको उमेरमा इस्लाम धर्म छोडेकी थिइन् । तर यसबारे उनको परिवारलाई कुनै जानकारी छैन । रहाफले यदि उसको परिवारलाई यो कुरा थाहा भयो भने आफूलाई मार्ने पनि खुलासा गरिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *