नेकपाका नेता भरतमोहनको स्वास्थ्यमा सुधार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । गत सोमबार अचानक छातीमा समस्या (इन्फेक्सन) देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार नर्मल बेडमा सारिएकाे छ । 

परीक्षणका क्रममा छातीमा समस्या देखिएकाले चिकित्सकको सुझावअनुसार चार दिन आइसीयूमा उपचार भयो । अधिकारीका स्वकीय सचिव महेश बिष्टले भने, ‘क्रमश: सुधार भएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।’ 

लामो समयदेखि दम र प्रेसरका साथै पिसाबमा समस्या देखिएका अधिकारी ललितपुरस्थित निवासमै आराम गर्दै आएका थिए । 

null

अहिले चिकित्सक राजेन्द्रप्रसाद रिजाल नेतृत्वको टोलीले उपचार गरिरहेको छ । स्वास्थ्यमा क्रमश: सुधार देखिएकाले एक/दुई दिनभित्रै डिर्स्चाजको सम्भावना रहेको स्वकीय सचिव बिष्टले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *