‘रणबीर’ माघ १८ देखी प्रदर्शनमा

  

माघ २, काठमाडौँ । सुशील सिटौलाद्धारा अभिनित माया,बदला र एक्शनले भरिपूर्ण नेपली फिल्म ‘रणबीर’ यही माघ १८ देखी प्रदर्शनमा आउँने भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा फिल्मको टे«लर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तोकिएको हो । 

यसै फिल्मको लागि आफ्नो बजन बढाएका सुशिललाई अरु फिल्ममा भन्दा यस फिल्ममा अलिक फरक देख्न सकिनेछ । 

null

कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीले गरेको उक्त फिल्म प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरिएको हो । यस फिल्ममा सुशिल सँगै प्रशान्त ताम्राकारको पनि दमदार प्रस्तुती देख्न पाईनेछ । फिल्ममा दुई नयाँ अनुहार सुभेच्छा खड्का र सुपुस्पा भट्टलाई पनि देख्न पाईनेछ, उक्त फिल्म यी दुबै कलाकारको डेब्यु फिल्म हो । 

फिल्ममा टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्माको निकै बेजोड प्रस्त्ुती देख्न पाईनुको साथै जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय देख्न पाईनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *