आज बिहीबार, यस्तो छ तपाईंको राशिफल

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरू समयमा नबन्नाले मानसिक तनाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेको छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । 

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाइकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । 

null

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ भने उत्तम वस्त्र,मन पर्ने तथा विलासी बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेको छ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफ्नै बलबुताले व्यापार व्यवसायमा लागनि गरिन मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्ति हरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुँदाहुँदै दैनिक कामहरू सहज रूपमा अछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । 

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक काम गरी समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागि समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुरि राख्न सक्नेछन् । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रज सँग राय बजिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *