राइटपाथको क्यानडा ग्रान्ड सेमिनारमा करियरका कुरा

 

माघ ११, काठमाडौं । पछिल्लो समय उच्च शिक्षा हासिल गर्न भनेर क्यानडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दो छ । गुणस्तरीय शिक्षा, शिक्षासँगै अवसर र सुरक्षित करियरका लागि क्यानडा नेपाली विद्यार्थीको गन्तब्य बनेको हो ।  

विश्वभरीका विद्यार्थीको शैक्षिक हवका रुपमा परिभाषित हुँदै गरेको क्यानडालाई लक्षित गर्दै पुतलीसडक स्थित राइटपाथ करियर काउन्सेलिङले क्यानडा ग्रान्ड सेमिनार गरेको छ । बिहिबार आयोजित क्यानडा ग्रान्ड सेमिनारमा क्यानडाको प्रतिष्ठित ट्रिनिटी विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई करियर काउन्सेलिङसँगै क्यानडाको शिक्षा, विश्वविद्यालयको अवस्था, लागत लगायतका विषयमा जानकारी दिएका थिए ।  

null

ग्रान्ड सेमिनारमा ट्रिनिटी विश्वविद्यालयकी साउथएशिया सेल्समेनेजर श्रेया दासले विद्यार्थीलाई ट्रिनिटी विश्वविद्यालय क्यानडाको प्रतिष्ठित विश्वविद्यालय रहेको र नेपाल विद्यार्थीलाई अध्ययनका लागि उत्कृष्ठ रहेको बताइन् । क्यानडाको प्रतिष्ठित ट्रिनिटी विश्वविद्यालयमा नेपाली विद्यार्थीले सबै प्रकारका विषयहरु अध्ययन गर्न सक्ने तथा जेहेन्दार नेपाली विद्यार्थीलाई आकर्षक स्कलरशिपको समेत ब्यवस्था रहेको जानकारी दिइन् । ‘ट्रिनिटी विश्वविद्यालय क्यानडाको १९५७ मा स्थापित पुरानो विश्वविद्यालय हो, जहाँ विश्वका धेरै देशबाट वर्षेनी हज्जारौं विद्यार्थी आउन लालयित हुन्छन् ।’ 

 

सेमिनारमा बोल्दै राइटपाथ करियर काउन्सेलिङका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले उच्च शिक्षा हासिल गर्दै करियर सुनिश्चित गराउनका लागि क्यानडा उत्तम देश भएको बताए । उनले राइटपाथले स्थापनाकाल देखि नै क्यानडाका लागि विशेष फोकस गरेको बताउँदै ट्रिनिटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई अवसरको ढोका खोलिदिएको जिकिर गरे । उनले अन्तराष्ट्रिय शिक्षाको अनुभव हासिल गर्न र विश्वका विद्यार्थीसँग प्रतिष्पर्धा गर्ने होभने, नेपाली विद्यार्थीहरु विदेश अध्ययनका लागि जानु आवश्यक रहेको बताए । 

‘स्वदेशमै बसेर केहि गर्नु पर्छ भन्ने हाम्रोपनि मान्यता हो, तर, अब देश विकासका लागि चाहिने सिप र योग्यता हासिल गर्न भने विदेश अध्ययनका लागि जानै पर्छ । विदेशको शिक्षालाई विद्यार्थीलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुग्छ ।’ उनले भने ।  

शैक्षिक हवसँगै क्यानडा इन्डष्ट्रियल, पर्यटकीय देश भएकोले यहाँ जुनसुकै क्षेत्रमा रोजगारी पाउने धेरै संभावना रहेको छ । पछिल्ला दिनहरुमा क्यानडाले विदेशी विद्यार्थीलाई आउने वातावरण सहज बनाइदिएकोले यहाँ युरोप, अमेरिका, जापान जस्ता विकसित देशबाट समेत विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् ।  

आइटी, कम्प्युटर साइन्स, विजनेश म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ साइन्स, नर्सिङ लगायत दर्जनौं विषयमा अध्ययन गर्न सकिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *