आज पौष कृष्ण आमावास्या, पितृतृप्तिका लागि तीर्थस्थलमा श्राद्ध गरिँदै
पुस २१, काठमाडौं । आज पौष कृष्ण आमावास्या हाे । आजकाे दिन पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् ।
वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा आज कुनै नदी उत्तरवाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आजका दिन यी स्थानहरूमा गएर सिदादान, पिण्डदान तथा श्राद्ध गरेका पितृ मुक्ति मिल्छ ।
आज विशेषगरी राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणी, रिडीलगायत नदी किनारमा यही कामनाले पितृप्रति श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्छ । यसै अवसरमा गोकर्णेश्वर उत्तरगयामा गङ्गा आरती शुरु भएको वर्ष दिन पुगेको अवसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ ।
null
गत वर्ष पौष कृष्ण आमावास्याका दिनदेखि आरती शुरु गरिएको जनाइएको छ ।