भाषाशास्त्री पोखरेललाई मष्तिष्कघात

 

माघ १०, काठमाडौं । प्रसिद्ध भाषाशास्त्री एवम् नेपाली साहित्यका विशिष्ट साधक प्रा. बालकृष्ण पोखरेललाई मष्तिष्कघात भएको छ ।  

पोखरेल सोमबार मष्तिष्कघात भएर अस्पताल भर्ना भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिहीवार अस्पताल पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिए । 

null

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य डा. हेमनाथ पौडेलसहित अस्पताल पुगेका कुलपति उप्रेतीले प्रा. पोखरेलको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सक्दो उपचार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका भाषाशास्त्री पोखरेलको उपचारका लागि यथाशिघ्र आवश्यक सम्पूर्ण खर्चको व्यवस्था गर्न सरकारसँग आग्रह समेत गरेका छन् । पोखरेललाई नर्भिक अस्पतालको सातौँ तलाको कोठा नं. ७१२ मा राखी उपचार जारी राखिएकोे छ । पारिवारिक सूत्रका अनुसार पोखरेलको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *