प्रहरीलाई घुस दिँदै हुनुहुन्छ ? पक्राउ पर्नुहोला नि !

 

माघ १०, काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरीलाई घुस दिन खोज्नेलाई पनि पक्राउ गरी आवश्यक कारबाही अघि बढाउने भएको छ । 

प्रहरीले मङ्सिरदेखि नै प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरिसकेको छ । कार्यालयले प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङ्गेहात पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । 

null

मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने २६ चालक तथा सहचालकलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिइन् । 

कार्यालयले प्रहरीलाई घुस दिन खोज्ने चालक तथा सहचालकलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गर्दै आएको छ । 

प्रहरीले सामाजिक मर्यादाको ख्याल रहोस् र गल्ती महसुस होस् भनेर थुनामा समेत राख्ने गरेको छ । पक्राउ परेका व्यक्ति जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटीमा छुट्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई घुस दिने व्यक्तिलाई रु पाँचदेखि १० हजारसम्म धरौटी माग गर्ने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *