डा. केसीसँगको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्न विवेकशील साझाकाे माग

 

पुस २५, काठमाडौँ । विवेकशील साझा पार्टीले डाक्टर गोविन्द केसीसँगको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गरेको छ । 

विवेकशील साझाका संयोजक उज्वल थापा र अभियान विभाग प्रमुख रन्जु दर्शना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै डा.केसीसँगको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गरेको हो । 

null

विवेकशील साझाले विधेयक अहिलेकै स्वरुपमा पारित भएमा डा. केसीसँगको सम्झौता विपरित हुने उल्लेख गरेको छ । 

सरकार प्रमुखका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिका कारण डा. केसीले पुनः सत्याग्रह बस्ने अवस्था आएको विवेकशीलको आरोप छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *