सहायक रजिष्ट्रार गीता पन्थी घुस सहित अख्तियारको फन्दामा, छोरी समेत फन्दामा

 

माघ १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार गीता पन्थीलाई पक्राउ गरेको छ । अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले सहायक रजिष्ट्रार गीता पन्थी र उनकी छोरी पोषणलाई समेत १ लाख घुस रकमसहित पक्राउ गरेको हो । 

उनीहरु द्युवैलाई सेवाग्राहीबाट घुस रक रु १ लाख लिँदालिँदै पक्राउ गरेको अख्तियारले बताएको छ । अख्तियारका प्रवक्ता सरसचिब रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए । 

null

अख्तियारले सहायक रजिष्ट्रार पन्थीकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ । पन्थीले घुस रकम छोरीलाई राख्न दिएकाले दुवै जनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको प्रवक्ता दंगालले बताए । 

कन्पनी रजिष्ट्रार कार्यालयमा पन्थी सेवाग्राहीसँग घुस खाने कर्मचारीमा पर्थिन् । उनका विषयमा कम्पनी रजिष्ट्रार कार्यालयकै इमान्दार कर्मचारीहरु रुष्ट थिए ।  

हाकाहाकी कार्यालय परिसरमै सेवाग्राहीलाई घुस माग्ने गीता पन्थीले घुसको रकम आफ्नी छोरी मार्फत बुझ्ने गरेकी थिइन् । उनकी छोरी पोषण पन्थी आमाकै योजना अनुसार विभिन्न सेवाग्राहीसँग वार्गेनीङ समेत गर्ने गर्थिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =