चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

 

माघ १७, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । 

प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । 

null

प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा राष्ट्रियसभामा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। 

सो प्रस्तावहरु बहुमतले अस्वीकृत भए। संशोधन प्रस्ताव राजपाका सांसद वृजेश चन्द्र लाल, कांग्रेसका सांसद राधेश्याम अधिकारी र कांग्रेसका सांसदहरु सरिता प्रसाइ, प्रकाश पन्थ र बद्री पाण्डेको दर्ता भएका छन्। 

संशोधन प्रस्तावमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीसँगको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा आएको बताए । 

राष्ट्रियसभाबाट पारित भएको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष लगिनेछ। राजपत्रमा प्रकाशन भएपछि मात्रै ऐनका रुपमा लागू हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =