एन आई सी एशिया बैंक शाखा रहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा

पुष २९, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा आफ्नो २३ औं शाखारहित बैंकिङ्ग सेवा हिजोबाट २८ बाट संचालनमा ल्याएको छ । 

उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरेका थिए । उक्त शाखा रहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकद्वारा नियुक्त गरिएको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछ। साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानिय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामिण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

null

यस्तो सेवाबाट स्थानिय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सिमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *