वाइडबडीका भष्ट्रचारीलाई छाडिन्न: देउवा
विराटनगर, पुस २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्रचार गर्ने जो सुकै भएपनि कांग्रेसले नछाडने दाबी गरेका छन ।
उनले सरकारले वाइडबडी विमान खरिद प्रकरणमा घोटला भएको आशंका भएकाले तल्लो तहको देखि उपल्लो तहका जो सुकै भएपनि देशको पैसा लुटनेलाई कांग्रेसले नछाने बताएका हुन ।
null
नेपाल राष्ट्रिय मगर संघको आयोजनामा शनिबार मोरङ्गको लेटाङ्गमा आयोजित एक नं प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्रचार भएको आशंका जाहेर भएको भन्दै आफनो पार्टी प्रतिपक्षमा रहेपनि कांग्रेसले यो प्रकरणमा संलग्न कसैलाई नछाडने र देशको पैसा लुटन नदिने बताएका हुन् ।
‘सरकारले वाइडबडी विमान खरिद प्रकरणको छानविन गर्न कमिटि बनाएर लुकाउन खोजेको हो कि बचाउन खोजेको शंका उत्पन्न भएको छ, वाइडबडीका भष्ट्रचारीलाई छाडिन्न ।’ उनले भने ।
उनले ओली सरकारले शान्ति सुरक्षा समेत जनतालाई दिन नसकेको बताए । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तको हत्यारा जोगाउने काम स्वंय सरकारबाट भएको उनले आरोप समेत लगाए ।
पूर्व प्रधानमन्त्री देउवाले ओलीको सरकारले कर थोपरेर तिर्न नसक्ने अबस्थामा उद्योगी व्यवसायी पुगेकोे बताए । ‘ओली सरकारले कर थुपार्ने काम मात्र गरेकाले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नाम करप्रसार ओली राखेका छौं ।’ उनले भने ।
सरकारले कर थोपरेको कारण उद्योग व्यवसाय धरासायी भएको भन्दै ‘यस्तो अबस्थामा कसरी आर्थिक समृद्धी हुन्छ’ भन्दै देउवाले सरकारलाई प्रतिप्रश्न समेत गरेका थिए ।