नागढुङ्गाबाट एकै दिनमा भारी मात्रामा लागुऔषध सहित पाँच जना पक्राउ

 

माघ ८, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भारी मात्रामा प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गा प्रमुख ज्ञान बहादुर खड्का नेतृत्वको टोलीले छुट्टाछुट्टै यात्रुवाहक बस चेक जाँच गर्ने क्रममा अवैध लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको हो । 

null

प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा चेक प्वाइन्टमा चेक जाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाडौँ तर्फ आउँदै गरेको लु १ ख ८३२३ को यात्रुबाहक बसलाई चेक जाँच गर्दा काठमाडौं गोकर्णेश्वर न.पा ७ घर भएका २२ वर्षीय विजय भारतीको साथबाट झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध नाईट्राभेट १५० ट्यावलेट सहित पक्राउ गरेको छ । 

 

सोही बसमा आएका अर्का यात्रु काठमाडौँको बुढानिलकण्ठका २१ वर्षीय सुदिप ठकुरी र सोही स्थानका २१ वर्षीय राज गिरीलाई लागुऔषध डाईजेपाम २५ एम्पल, फेनारगन २५ एम्पल र नुफिन २५ एम्पल सहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । 

त्यस्तै वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६५४४ को यात्रुबाहक बसमा सवार पर्साको पाखरिया नगरपालिका ४ का १८ वर्षीय अभिनास यादवको साथबाट नुफिन १०० एम्पल, डाईजेपाम १०० एम्पल, फेनारगन १०० एम्पल प्रहरीले बरामद गरेको छ । 

धादिङबाट काठमाडाैँ आउँदै गरेको बा ५ ख ११८० नम्बरको यात्रुवाहक बसबाट धादिङका १८ वर्षीय रमेश तामाङको साथबाट १ केजी चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरु सबैलाई नियन्त्रणमा लिई कारवाही अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =