महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौँमा तरुण दलको प्रदर्शन
२०७५ माघ ९ गते

माघ ९, काठमाडौँ । नेपाल तरुण दलले देशमा महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको आरोप लगाउँदै काठमाडौँमा प्रदर्शन गरेको छ ।
तरुण दलले सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन नसकेको जनाउँदै दोषीलाई कारवाही र मानवाधिकार तथा प्रेस स्वतन्त्रता आदिको रक्षाका लागि आन्दोलन गरेको हो ।
null
प्रदर्शन उत्रिएका नेता तथा कार्यकर्ताहरुले लोकतन्त्रको रक्षा र कानूनी राज्यको स्थापनाका पक्षमा तथा महँगी र भ्रष्टाचारविरुद्ध चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।
तरुण दलले सरकारले डा. केसीको माग पूरा गर्न पनि सरकारलाई दबाव दिएको छ । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो ।
२०७५ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








