सौर्य बत्तीबाट विद्युत् चुहावट हुँदा आगलागी
माङ २, कञ्चनपुर । कञ्चपुरको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटामा गए राति आगलागीबाट एक घर र गोठ जल्दा रु चार लाख भन्दा बढीको क्षति भएको छ ।
आगलागीबाट स्थानिय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्णरूपमा नष्ट भएको छ । गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत् चुहिएर सल्केको आगोले घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, खानाका लागि राखिएका धान, गहुँ, चामल, ओढ्ने बिछ्याउने लुगाफाटा, लगाउने लुगा र भाडाकुँडा गरी करीब रु चार लाखको क्षति भएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।
त्यसैगरी, घरमा लागेको आगो नजिकै रहेको चन्द्र भुलको गोठमा आगो सल्किन पुगी गोठमा राखेको पराल, भुसा र लत्ताकपडासहित रु एक लाख ५० हजार बराबरको सरसामान जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ ।
null
स्थानियवासी, शुक्लाफाँटा नगरपालिका–८ को वन वातावरण तथा विपत् व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रणमा आएको वडाध्यक्ष महराले बताए ।