‘विराट जुत्ता चप्पल व्यापार मेला’ मा ग्राहकको उल्लेख्य भीड

 

माघ १०, विराटनगर । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा बुधबारदेखि सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ मा ग्राहकको उल्लेख्य भिड लागेको छ । 

विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा जारी १ महिने मेलामा जुत्ता चप्पल किन्ने ग्राहकको ओइरो लागेको हो । बजारका तुलनामा मेलाका अवसरमा तुलनात्मक रुपमा जुत्ता चप्पल सस्तो पाइएपछि दिनानुदिन ग्राहकको संख्या बढ्दै गएको हो । 

null

बुधबार दिउँसोबाट सुरु भएको मेलामा २० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । 

 

मेलामा अवलोकनका लागि आएका ग्राहकहरुले बजारमा भन्दा निकै सस्तो मूल्यमा जुत्ता चप्पल पाइएको प्रतिकृया दिएका छन् । 

मोरङ थलाहका सुभास सरदारले विदेशी उत्पादन भन्दा स्वदेशी जुत्ता चप्पल टिकाउ हुने बताउँदै मेलामा विषेश छुट सहित सस्तो मुल्यमा पाउनु सबैका लागि अवसर भएको बताए । 

त्यस्तै विराटनगर ३ ढाटका चुडामणी तिम्सीनाले पनि मेलामा जुत्ता चप्पल सोचे भन्दा सस्तो रहेको बताए । उनले बजारका पसलहरुमा बेच्न राखिएका जुत्ता चप्पल भन्दा मेलामा अपत्यारिलो सस्तो लागेको बताए । 

 

मेलामा स्टल राखेका विभिन्न कम्पनीहरुले ग्राहकको सहभागिता राम्रो रहेको बताएका छन् । वि एफ डियर हिल सुजका व्यवस्थापक गोबिन्दप्रसाद घिमिरेले मेलामा ग्राहकको उपस्थिती र बिक्री सोचे अनुरुप भएको बताए । उनले मेलामा ग्राहक स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ र छुटको अबसर लिनुपर्छ भन्ने मनासायका साथ आउने गरेको बताए । 

मेला संयोजक होमनाथ उपाध्यायले मेलामा ग्राहक उपभोक्ता आउने क्रम दिनदिनै बढिरहेको जानकारी दिए । उनले बिहिबारमात्र १० हजार बढीले मेला अवलोकन गरेको बताए । 

 

निःशुल्क रूपमा प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकले १५ देखि ६० प्रतिशतसम्म छुट पाउने मेला संयोजक उपाध्यायले बताए । उनले मेलामा विएफ डियर हिल, रन सुज्, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको जानकारी दिए । 

मेला करीब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको आयोजकले जनाएको छ । मेलामा स्वदेशी १० वटा उद्योगका स्टलहरु राखिएको छ । 

मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बुधबार एक समारोहका बिच उद्घाटन गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *