बालिका बेचबिखन गर्ने एक पक्राउ

माघ १, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ । 

राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पुर्याइ जबरर्जस्ती बेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ । 

ब्यूरोको टोलीले राईलाई सुनसरीबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ । अभियुक्तले नेपालको सीमा पार गराई भारतीय बेश्यालयमा पुर्याउने र प्रत्येकलाई नेपाली रु छ लाखसम्म बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *