छाउपडी गोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु

 

पुस २५, काठमाडौँ । बाजुरामा बुधबार बिहान छाउपडी गोठमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । 

बाजुराको बुढीनन्दा नगरापालिका–९ मा छाउपडी गोठमा आगलागी हुँदा काँसी बोहोराको श्रीमती र दुई छोराको मृत्यु भएको हो । 

null

आगलागीमा परी मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहोरा, उनको ९ वर्षीय छोरा सुरेश र सात वर्षीय छोरा रमित रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

आगलागीको कारण भने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =