सहकारीकर्मीले जारी गरे पाँच बुँदे काठमाडौं–घोषणापत्र

 

पुस २८, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा काठमाडौंमा शुक्रबार सम्पन्न सहकारी उद्यम प्रवर्द्धन राष्ट्रिय कार्यशाला गोष्ठी पाँच बुँदे काठमाडौं घोषणापत्र २०७५ जारी गरी सम्पन्न भएको छ । 

दुई दिने सो गोष्ठीको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए भने समापन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले गरे । गोष्ठीमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी उद्यमशिलता प्रवर्द्धनका लागि विद्यमान कानुनी व्यवस्था विषय कार्यपत्र प्रस्तुत गरे । 

null

गोष्ठीमा पूर्व मन्त्री गणेश शाहले उद्यमशिलता विकासमा नविन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । मानव चेतना एवं योग विज्ञान विशेषज्ञ डा. राजु अधिकारीले व्यवसायीक सफलताको लागि सकारात्मक सोचको विकास विषय प्रस्तुती प्रस्तुत गरे । 

त्यसैगरि अन्तराष्ट्रिय श्रम संगठन नेपालका कार्यक्रम संयोजक नवीन कर्णले सहकारी–सहकारी बिचको व्यवसायः सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उद्यमशिलता विज्ञ तथा क्यारीयर परामर्शदाता तारा ढकालले सहकारी मार्फत लद्यु उद्यम  प्रवर्द्धन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 

यी कार्यपत्रलगायत सहभागीहरुको बिचमा भएको छलफलको आधारमा पाँच बुँदे काठमाडौं घोषणापत्र २०७५ जारी गरिएको हो । गोष्ठीमा सातवटै देशभरिका २ सय ३० भन्दा बढि सहकारीकर्मी, सरकारी तथा सरोकारवाला निकायको प्रतिनिधित्व रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *