चैत्र २३ गते देखी कुम्भ मेला लाग्ने

 

माघ, ७, काठमाडौँ । चतराधाम बराहक्षेत्रमा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला चैत्र २३ गते देखी बैशाख २४ गते सम्म  लाग्ने भएको छ । यस अघि २०७० र ७१ मा बाह्रबर्षे महाकुम्भ मेलाको आयोजना गरिएको थियो । 

जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले आज इटहरीमा पत्रकार सम्मेलन गरी यो कुराको जानकारी गराएका हुन् । नेपालमा पहिलो पटक २०५९ सालबाट कुम्भ मेला लगाउन थालिएको पत्रकर सम्मेलनमा जानकारी गराइएकाे थियाे । त्यस पछि क्रमश अर्ध र पूर्ण महाकुम्भ मेला लाग्दै आईरहेको छ । 

null

कुम्भ मेलाले धार्मिक एकता, राष्ट्रियता, सार्वभौमिकता र नेपालको पहिचान विश्वमा चिनाउन सफल भएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । अघिल्लो पूर्ण कुम्भ सफल भएको र यस अर्ध कुम्भलाई पनि सफल बनाउन सवैसँग उनले आग्रह गरे । 

यस कुम्भ मेलाले आन्तरिक र बाह्य रुपमा धार्मिक पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने जगतगुरुले बताएका छन् साथै कुम्भ मेलाका विषयमा प्रदेश सरकार र संघिय सरकारसँग छलफल, समन्वय भईरहेको पनि उनले बताए । नेपालमा बढ्दो धार्मिक असहिष्णु वातावरणलाई न्यूनिकरण गर्न पनि सहयोग पुर्याउने उनको विश्वास रहेको छ । 

उक्त पत्रकार सम्मेलनमा यस कुम्भमेलामा विभिन्न ठाउँ सहित विदेशका विभिन्न शहरबाट सवै सम्प्रदायका आचार्यहरु, शंखराचार्य, पीठाधिश, मठाधीश, साधुसन्त, महन्तहरुको सहभागिता हुने जानकारी गराईएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *