आइएमईको ‘दशैंमा बीस लाख’ योजनाको तेस्रो विजेता घोषणा, शिवुले जिते एक लाख

 

पुस २७, काठमाडौँ । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो विजेता घोषणा गरेको छ । 

आइएमईले २०७५ सालमा मनाइएका पर्वहरूः दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको हो । 

null

रिया मार्फत् कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट तेस्रोे महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् । 

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेलले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । 

०७५ असोज ७ गतेदेखि शुरु भई ०७५ मंसिर मसान्तसम्म लागु गरिएको सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट तीन जना विजेता घोषित भइसकेका छन् । 

स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायिक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो। 

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत् एक हजार रुपैयाँ को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रु १० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख नगद प्रदान गर्ने गरि कार्यक्रम तय भएको थियो । 

रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *