दोब्बर राहतको माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी धर्नामा

 

पुस २५, काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने माग गरेका छन् । 

बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा द्वन्द्वपीडित सुरक्षाकर्मीले आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । 

null

धर्नामा सहभागीले ‘अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर’, ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको माग पूरा गर’ र ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको ग्यारेन्टी गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । 

सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले द्वन्द्वपीडित परिचयपत्रको वर्गाीकरण गरी (क) वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *