कैलालीका डिल्लीराजले पाए सन लाइफको विमा रकम

 

पुस २५, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटनाबाट अपाङ्ग भएकालाई विमा रकम हस्तान्तरण गरेको छ । 

गएको पुस २२ गते कम्पनीले बस दुर्घटनामा परी अपाङ्ग भएका कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई अशक्तता ताभ बापतको रु तीन लाख रकम हस्तान्तरण गरेको हो । 

null

कैलालीको लम्कीमा आयोजिक कार्यक्रमका बीच कम्पनीका महाप्रवन्धक कमल राज गौतम, ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” को उपस्थितिमा लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाईको उपस्थितीमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीमा तीन लाख रुपैयाँ बीमाङ्गको बीमा गरेका लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएका थिए । उनलाई कम्पनीले अशक्तता लाभ बापतको रकम प्रदान गरेको हो । 

कम्पनीले बीमित उपाध्यायलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ भने निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ बर्षपछि बीमाङ्क वापतको रु तीन लाख र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्ने बताएको छ । 

साथै कम्पनीले सोही दिन लम्कीमा हजारौं जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि गरेको जनाएको छ । उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *