नोबेलले पाँच लाख मिनाहा गरेपछि बादल परिवारको हट्यो तनाव (भिडियोसहित)

 

माघ १, मोरङ । गरिबीका कारण उपचार गरेको पैसा तिर्न नसकेर संकटमा परेका मोरङको रंगेलीका बादल सरकारको उपचार वापतको रकम नोबेल अस्पतालले मिनाहा गरेको छ । उपचारका क्रममा लागेको ५ लाख ४३ हजार रकम मिनाहा भएपछि सरकार परिवार हर्षित छन् । 

गत कात्तिक १६ गते मोटरसाईकलको ठक्करबाट टाउकोमा गम्भिर चोट लागेका ४५ बर्षीय बादल अढाई महिनादेखि नोबेल अस्पतालमा उपचाररत थिए । उपचार वापतको रकम भुक्तानी गर्न नसक्दा उनीहरुको बिचल्ली भएको थियो । 

null

 

बिस्कुट बेचेर गुजारा चलाउँदै आएका उनीहरुले उपचार वापतको रकम भुक्तानी गर्न नसकेर भौतारिरहेका थिए । आर्थिक अभावका कारण उपचार वापतको पैसा तिर्न नसकेर संकटमा परेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले रकम मिनाहा गरेका हुन् । नेपाली कांग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरेले पीडित परिवारको बेथा बताएर रकम मिनाहा गराउन पहल गरेका थिए । 

पैसा छुट पाएपछि ठुलो राहत मिलेको बिरामीका बुवा बुनोधर सरकारले बताए । रकम मिनाहा भएपछि बादल अहिले अस्पतालबाट घर फर्किएका छन् । 

गरिब तथा विपन्न विरामीलाई सहयोग गरेर समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्माले बादल जस्ता धेरै बिरामीलाई सहयोग गरेका छन् । उनले गरिब तथा विपन्न बिरामीलाई खोजी–खोजी निःशुल्क उपचार गराउँदै आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *