दुर्घटनामा चिया बगानमा काम गर्ने एक मजदुरको मृत्यु

दमक। झापाको मेचीनगरमा मंगलबार बेलुका सवारी दुर्घटनामा हुँदा चिया बगानमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर ७ निवासी ४५ वर्षका डेनी जोन रहेका छन्।  

मेचीनगर नगरपालिका ६ स्थित पालिया खोला नजिकै ना ७ ख ४३९३ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएपछि रोडमा लडेका उनलाई मे १ ख २६५२ नम्बरको यात्रुबाहक बसले किचेपछि घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

ठक्कर दिने ट्याकंर र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *