प्रधानमन्त्रीलाई कांग्रेसको दुई विकल्पः ‘सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने’

 

माघ २, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस २५ देखि इलाममा अनशनरत डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । 

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको मागप्रति सकारात्मक हुन तथा सहमति कार्यान्वयन गर्न माग गरेका हुन् । 

null

प्रवक्ता शर्माले केसी अनशन प्रकरणलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै प्रधानमन्त्रीसामू तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने दुई वटा मात्रै विकल्प भएको बताए । 

पहिले केसीसँग सहमति गर्ने र अहिले पालना नगर्ने प्रधामन्त्रीको दोहोरो चरित्रका कारण समस्या सिर्जना भएको उनको भनाइ छ । 

‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसंग पछिल्लो सम्झौता भएको थियो । प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ’, उनले भने । 

वर्तमान सरकारलाई चेतावनी दिँदै प्रवक्ता शर्माले भने,‘बहुमत र विवेकमध्ये लोकतान्त्रिक संस्कृतिले सदैव विवेकलाई केन्द्रमा राख्दछ, विवेकलाई कुल्चिएर प्रस्तुत हुने बहुमतले मुलुकलाई निकास दिन नसक्ने चेतावनी हामी दिन चाहन्छौं।‘ 

‘चिकित्सा शिक्षामा विगतमा विस्तारको अगुवाई र पछिल्लो समयमा यसको सुधारमा अग्रसर भुमिका निभाई रहेको कांग्रेस आम नागरिकको भावना विपरितको विधेयकलाई समर्थन गर्न सक्दैन’, विज्ञप्तिमा भनिएकाे छ ।  

प्रवक्ता शर्माले विज्ञप्ती जारी गर्दै वाइडबडी विमान खरिदको छानबिन आग्रह, दबाव र प्रभावबाट मुक्त हुनुपर्ने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *