कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

 

माघ १७, काठमाडौँ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । 

यसअघि पनि आफ्ना दुई नेता गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा रहेको अस्पताल विघठन गर्न खोजेको भन्दै संसद अवरुद्ध गर्दै आएका काँग्रेस सांसदले आजको बैठक सुरु भए लगतै आ आफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् । सरकारले कांग्रेसको अस्पताल सम्बन्धी माग भने पुरा गरिसकेको छ । 

null

बैठक सुरु भए लगतै सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद मिनेन्द्र रिजाललाई बोल्ने समय दिए । 

सांसद रिजालले कांग्रेसको अवरोधबीच पारित भएको चिकित्सा शिक्षा विधेयकलाई सच्याएर डा. केसीको माग सम्बोधन गर्न माग गरेका थिए । 

उनले बोले लगतै कांग्रेसले बैठक अघि बढ्न नसक्ने भन्दै सदन अवरुद्ध गरेपछि बैठक आइतबार ३ बजे बस्ने गरी स्थगित भएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =