नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुर्नबीमा सम्झौता

 

पुस २५, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड विच इन्स्योरेन्स पुर्नबीमा सम्झौता भएको छ । 

नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको अनुसार दुई पक्षविच सम्झौता भएको हो । 

null

बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । 

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *