एन आई सी एशिया बैंकको नयाँ शाखा दाङ्गमा

पुस २०, दाङ्ग । एन आई सी एशिया बैंक लि. को नयाँ शाखा दाङ्गमा सुरु भएको छ । यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दाङ्गको राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवामा नयाँ शाखा सुरु गरेको हो । 

उक्त नयाँ शाखाको आज राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष केसीले बैंकिङ्ग पहुँच नभएका ग्रामिण भेगका जनतालाई बैंकले सर्वसुलभ तवरले सेवा दिनुपर्ने बताए । 

 

null

एन आई सी एशिया बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ  

सक्षम यु.के.एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डि एफ आइ डी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *