घाइते भएका प्रजिअलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

 

माघ १३, काठमाडौँ । शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ । 

प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो । 

null

दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडाैँ पठाउने तयारी भइरहेको बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनको टाउकोमा गम्भीर चोट लागेपछि हिजै शल्यक्रिया गरिएको थियो । 

उनी सवार स्कार्पियो ट्र्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो । उनको शवलाई काठमाडाैँ पठाइसकिएको बारा प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *