एरी नेपालको अध्यक्षमा द्धिराज शर्मा निर्वाचित

शैक्षिक परामर्श ब्यवसायी संस्था ऐरी नेपालको अध्यक्षमा द्धिराज शर्मा निर्वाचित भएका छन् । अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि परामर्श उपलब्ध गराउने ऐरि नेपालको प्रथम साधारणसभाले दुई वर्षे कार्यकालका लागि शर्माको अध्यक्षमा कार्यसमिति चयन गरेको हो । शर्माको नेतृत्वमा उपाध्यक्षमा महेशबाबु तिमल्सीना, सचिवमा नरेन अर्याल, कोषाध्यक्षमा बुद्धिसागर अर्याल र सदस्यमा नवराज केसी निर्वाचित भएका छन् । अष्ट्रेलियाका लागिमात्र परामर्श दिने शैक्षिक परामर्श ब्यवसायीको संस्था ऐरीमा २१ सदस्य छन् । 

नवनिर्वाचित अध्यक्ष द्धिराज शर्माले आगामी दुई वर्षको योजनाबारे प्रस्तुत गरेका थिए । उनले नेपालबाट अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने क्षेत्रलाई अनुशासित बनाउने, आवस्यक तालिम उपलब्ध गराउने, नेपालमा अन्तराष्ट्रिय स्तरको मेला आयोजना गर्ने योजना सार्वजनिक गरे । 

एरीले नेपालस्थित अष्ट्रेलियन राजदुतावास, अष्ट्रेलियाका युनिभर्सिटि तथा कलेजमा पढेका अल्मुनाइसंग मिलेर अभिमुखिकरणको काम गर्ने समेत बताए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *