छुट्टाछुट्टै दुर्घटनामा चितवनमा पाँच जना घाइते

 

माघ ९, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । 

मुग्लिङ्गबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ९७०६ नम्बरको मालबाहक ट्रक र काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको ना६ख ९८९९ नम्बरको ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

null

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै बुधबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा पनि दुई ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जना घाइते भएका छन् । 

काठमाडौँबाट कुरिनटारतर्फ आउँदै गरेको ना६ख ९१०६ नम्बरको ट्रक र काठमाडौँतर्फ जाँदै गरेको ना५ख २७६२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटना दुर्घटनामा ट्रक चालक घाइते भएका छन् । 

उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =