वाइडबडी भ्रष्टाचार प्रकरणमा शेरबहादुर देउवा दोषी छैनन्ः कांग्रेस नेता यादव

 

माघ २, काठमाडौँ । वाइडबडि खरिद प्रकरणमा भएको अनियमिततामा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसबीच आरोप प्रत्यारोप चलिरहेको छ । 

दुवै पार्टीका नेता तथा सांसदहरु आ–आफ्नो पार्टीको बचाउमा लागिरहेका बेला कांग्रेस नेता महेन्द्र यादवले वाइडबडी भ्रष्टाचार प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा दोषी नभएको जिकिर गरेका छन् । 

null

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिदको निर्णय भएकाले देउवा पनि दोषी हुने नेकपाले दाबी गरिरहँदा कांग्रेस नेता यादवले भने देउवाको बचाउ गरेका हुन् । 

‘वाइडबडी खरिद प्रकरण केपी ओली पहिलो पटक प्रधानमन्त्री भएदेखि सुरु भएको हो । अहिले पनि ओली नै प्रधानमन्त्री पदमा रहेका बेला अनियमितता सार्वजनिक भएको छ । त्यसैले यसमा देउवाको संलग्नता छैन,’ कांग्रेस नेता यादवले भने । 

वाइडबडि भ्रष्टाचार प्रकरणमा दोषीलाई जोगाउनका लागि आयोग बनाइएको आरोप लगाउँदै नेता यादवले केपी ओली पनि नैतिक रुपमा दोषी भएको यादवको भनाइ छ । 

एक टिभी कार्यक्रममा बोल्दै नेता यादवले सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी नै दोषी भएको जिकिर गरे । 

यता नेकपाका नेता केशव बडालले भने केपी ओली दोषी नभएको स्पष्ट पार्दै वाइडबडी खरिद प्रकरणमा जो दोषी देखिए पनि सरकारले कारबाही गर्ने आश्वासन दिए । 

बडालले छानविनका लागि आयोग गठन भएकाले उक्त आयोगले नै सत्य तथ्य पत्ता लगाएपछि सबै कुरा बाहिर आउने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *