लागु औषध सहित एक पक्राउ

माघ १७ वीरगञ्ज । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजा सहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले बताए । 

गाँजा सहित पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ । रु तीन हजार प्रतिकिलोका दरले तस्करले सो गाँजा खरीद गरी भारतमा रु १५ देखि २० हजार प्रतिकिलोमा बेच्न सकिने भएकाले यस्को तस्करी बढेको बताइएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *