त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि दैनिक १० घन्टा बन्द हुने

 

माघ १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पीच परिवर्तनका लागि चैत १८ गतेदेखि दैनिक १० घन्टा पूर्ण रुपमा बन्द गरिने भएको छ । 

विमानस्थल कार्यालयले बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म सबै उडान तथा अवतरण बन्द गर्ने निर्णय गरेको हो । 

null

सन् १९७५ को दशकमा निर्माण भएको रनवेको पीच पहिलो पटक परिवर्तन हुन लागेको हो। अन्तर्राष्ट्रियतर्फ हुँदै आएको उडान व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । 

सम्भव भएसम्म उडान कटौती नगर्ने स्रोतले बताएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे पीच परिर्वतनका लागि चिनियाँ सरकारी कम्पनी चाइना नेशनल एग्रो ट्रक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भइसकेको छ । 

चिनियाँ निर्माण कम्पनीसँग ४ अर्ब २७ करोड रुपैयाँ लागतमा रनवे पिच परिर्वतनका लागि सम्झौता भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =