ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

पुस २५, दाङ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा १त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । बुढाको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *