पश्चिमी पहाडमा पानी पर्ने सम्भावनाः मौसमविद्

२०७५ पुस २९ गते

पुस २९, काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमका पहाडी भुभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
null
महाशाखाका अनुसार हिमाली र उच्च पहाडी भेगका केही स्थानमा सामान्यदेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
आइतबार बिहान काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ ।

२०७५ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित