जन्ती चढेको बसमा करेन्ट लाग्दा मृत्यु हुनेको संख्या ९ पुग्यो (अपडेट)

  

 

माघ ११, काठमाडौं ।  केहि समय अघि जन्ती चढेको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।उदयपुरबाट धनुषा आउँदै गरेको बसमा ११ हजार भोल्टेजको तारले छोएर करेन्ट लाग्दा भएको घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।  

null

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीका अनुसार घाइतेहरुलाई जनकपुर अचल अस्पताल उपचारार्थ ल्याइएको छ । 

दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन्। ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किएको हो। बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो । थप विवरण आउन बाँकी छ।  बसमा ४० जनाभन्दा बढी जन्ती सबार थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *