डा. केसीलाई योगेशले भने, ‘तपाईंको जित भएको छ, खुशियाली मनाउनुस्’

 

माघ ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले शुक्रबार पारित भएको चिकित्सा शिक्षा विधेयकले यस क्षेत्रमा क्रान्तिकारी फड्को मार्ने दाबी गरेका छन् । 

आज पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले अन्तिम अवस्थामा आएर प्रतिपक्षी दलले धोका दिएपनि चिकित्सा शिक्षा क्षेत्रको ठूलो जित भएको उल्लेख गरे । 

null

‘झण्डैँ आधा दशकदेखि यस विषयमा छलफल हुँदै आएको थियो । निर्णायक ठाउँमा आइपुग्दा हामीले सबै दलको सहमती रहन्छ भन्ने अपेक्षा गरेका थियौँ । तर नेपाली कांग्रेसका साथीहरुले सहमती जनाउन सक्नुभएन’, भट्टराईले भने । 

उनले यो विधेयकले विगतमा नेपाल सरकारले विभिन्न कालखण्डमा बनाएका आयोग, समिति, कार्यदलका मर्म र भावनालाई बोकेको जिकिर गरे । 

उनले डा. केसी तथा शैक्षिक क्षेत्रहरुको भावना अनुरुप नै विधेयक पारित गरेको बताउँदै यतिबेला डा. केसीले खुशीयाली मनाउनुपर्ने बताए । 

‘चिकित्सा शिक्षा सुधारका लागि आन्दोलन गर्ने विभिन्न विधार्थी संगठन, शैक्षिक क्षेत्रहरु तथा अनशनरत डा. गोविन्द केसीको भावनालाई पनि यसले प्रतिनिधित्व गरेको छ’, सांसद भट्टराईले भने, ‘डा. गोविन्द केसीलाई म फेरि पनि भन्न चाहन्छु, तपार्इँको शतप्रतिशत जित भएको छ । सत्याग्रहबाट निस्कनुस् र आफ्नो कार्यक्षेत्रमा खुशियाली मनाउनुस् ।’ 

उनले अब चिकित्सा शिक्षा क्षेत्रको सुधारका विषयलाई लिएर डा. गोविन्द केसीले जिन्दगीभर अनशन बस्ने अवस्था सिर्जना नहुने बताए । 

‘अब गोविन्द केसीमाथि राजनीति गर्नेहरुको दिन समाप्त भएको छ । चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृति विसङ्गगति यसले सदाका लागि अन्त्य गर्नेछ । पैसा भएर पनि नेपालमा पढ्न नपाएर विदेशमा पढ्नुपर्ने विधार्थीको दुःख पनि अन्त्य हुनेछ । यसले नेपालमा गुणस्तरिय चिकित्सक विधार्थी उत्पादन गर्नेछ । यसले क्रान्तिकारी फड्को मार्नेछ’, सांसद भट्टराईले भने । 

काँग्रेसको नेताको ती दुवै सरकारले सञ्चालन गर्ने भनिसक्नुभएको छ । उहाँहरुले विरोध गर्नु जरुरी थिएन । विचल्लीमा पर्ने छैनन् । 

  

आज संसदमा प्रतिपक्षी दलले विरोध गर्नुभयो । हामी नेकपा पार्टीका तर्फबाट उहाँहरुको विरोधको सम्मान गर्छौँ । संसदभित्र विरोध गर्न पाउने उहाँहरुको अधिकार हो । त्यो अधिकारको रक्षा प्रतिनिधिसभाले गर्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *