भारी मात्रामा नियन्त्रित लागुऔषध सहित पाण्डे र भोलन पक्राउ

 

माघ १५, काठमाडौँ । राजधानीको मुख्य प्रवेश द्वार नागढुंगा नाकामा प्रहरीले भारी मात्रामा नियन्त्रित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख ज्ञानबहादुर खड्का नेतृत्वको टोलीले चेक जाँच गर्ने क्रममा छुट्टाछुटै यात्रुवाहक बसबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ७ ख. ७०७३ नम्बरको यात्रु बाहक बसबाट महोत्तरीका १९ वर्षीय प्रविण कुमार पाण्डे र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नम्बरको यात्रुबाहक बसमा सवार मकवानपुर छतिवन गाविस वडा नं.६ का ३० वर्षीय विकास भोलन रहेका छन् । 

 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पाण्डेको साथबाट झोलामा लुकाई छिपाई ल्याएको प्रतिबन्धित (नाइट्राभेट १०) लेखिएको ६०० ट्याब्लेट र विकासको साथबाट नुफिन ९० एम्पुल, डाईजेल्याब ९० एम्पुल र फेनरागन ९० एम्पुल गरि २७० एम्पुल बरामद गरिएको बताए । 

 

महानगरीय वृत्त थानकोटले पक्राउ गरिएका पाण्डे र भोलनलाई थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने जनाएको छ। 

विगत केही महिना यता थानकोट प्रहरीले दैनिक जसो भारीमा त्रामा नियन्त्रित लागुऔषध बरामद गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *