तटबन्ध निर्माणमा मन्त्री घिमिरेले १० लाख दिने

 

पुस २७, विराटनगर । मोरङको कटहरी गाउँपालिका २ स्थित सिंघिया खोलाले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माणका लागि सामाजिक विकास मन्त्री जीवन घिमिरेले दश लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । 

शुक्रबार कटहरी– २ निखिल ज्योति योग आश्रम छेउमा सिंघिया खोलाले गरेको कटानको स्थलगत अनुगमन गर्दै मन्त्री घिमिरेले तटबन्ध निर्माणको लाागि तत्काल दश लाख दिईने र विस्तृत अध्ययनपछि आवश्यक बजेट क्रमिक रुपमा विनियोजन गर्दै लगिने बताएका हुन् । 

null

उनले आफ्नो क्षेत्र विकास कोषबाट तटबन्धलाई सहयोग गर्ने बताएका हुन् । स्थलगत अनुगमनमा वडाअध्यक्ष किशोरकुमार पाण्डेको समेत उपस्थिति रहेको थियो । 

तटबन्ध निर्माणमा लाग्ने बजेट वडा अध्यक्ष पाण्डेसहितको टोलीले टुङ्गो लगाउने छ । यसअघि मन्त्री घिमिरेकै सिफारिसमा कटहरी– ८ मधुमारामा ७ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो । त्यस क्षेत्रमा अहिले तटबन्ध निर्माणको काम भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *