पूर्व युवराज पारस शाहलाई हृदयघात

 

माघ १४, काठमाडौँ । पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ । सोमबार दिउँसो अकास्मात छाती दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो। 

आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो। शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

null

अस्पताल स्रोतका अनुसार अहिले उनको आइसीयूमा उपचार भइरहेको छ। 

उनको अहिले नर्भिकको मुटुरोग विशेषज्ञ डा। यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको छ। 

अस्पताल स्रोतका अनुसार पासरलाई देखिएको लक्षणका आधारमा उनलाई माइनर हृदयाघात भएको हो। उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ। 

पारसलाई पहिलेदेखि नै छाती दुख्ने समस्या छ। उनलाई हृदयघात भएको यो तेस्रो पटक हो। यसअघि नै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *